तिमी त्यही रहनु
-------------------------
पर्ख !तिमी त्यही रहनु , जहां खडा छो
अघि बढ़छो भने, मेरो आस्था पग्लिएर
समागम हुने छ तिमीमा , फफेरी तिमी मलाई
कसरी निकाल्छो, आफूबाट, म यो चाहन्न
तिमी म नै हुन, म तिमी हुन, धेरै कठिन छ
आफ्नो अस्तित्वको, अर्कोमा समागम हुन
स्वयंलाई खोज्न, त्यति नै कठिन।।
- देवेन्द्र किशोर ढुङगाना