गजल
समय किन रोकिन्छ र यहाँ कसैको लागि ।
दिलमा चाहना हुनु पर्छ प्रियतमको लागि ।।
नजरेले हेरी रहेछ उनको, चेहरामा उदासी।
कुनै वहाना त चाहियो, यस उदासीका लागि ।।
को छ यहाँ जो दु:खी छैन, समयको मारबाट ।
अलि अलि रमाउनु पर्छ, दिल्लगी जिउनका लागि ।।
प्यार गर्छ जो डराउदैन, यो ज़मानादेखि ।
दिलमा दर्द चाहिन्छ, एक पल मौनताका लागि ।।
किन तड़पिए उसलाई, पाउने चाहनामा म ।
दिलमा उन्माद चाहिन्छ, उसलाई पाउनका लागि ।।
उ मेरो समीप छ, यही महसूस हुन लाग्यो ।
सिर्फ वचन चाहियो उसको, प्रेमिल मिलनका लागि ।।
मेरो सपनाको संसारमा, उ यसरी आउछिन ।
रात पनि छोटो भयो, लुकाछिपिमा रमाउछिन ।।
- देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा