कविता "प्रेम "

सम्झ , 

OM Sai Pathibhara Hospital

दिन, समय , बोलीको 

ठेगान छैन सम्बन्ध आफ्नो ,

तर पनि ,

प्रतीक्षाको केही क्षण 

यादहरुमा  रम्न देउ ,

केही तिमी भन्नु 

केही म  भन्छु 

केही चुपचाप भनि रहे

केही दिलको सम्झी रहे आज

यो ओठमा पनि  आउन देउ ,

साल-व -साल त्यसै 

उमेऱ बितेर जानेछ 

आज जो साथ छ 

त्यो खुलेर  मुस्कुराउन देउ ,

उत्सब -हो -प्रेम 

मान्छेलाई देखाउ कसरी 

काश केही चिन्ता पल भर 

प्रेमको  रंग  छऱपस्ट हुन देउ 

कसले  देखेको छ पूर्ण हुँदै 

सात जन्मको कसम 

बस अन्तिम साँससम्म

यो प्रेमलाई निभाउन देउ l

       - देवेन्द्र किशोर ढुङगाना

          नेपाली साहित्य परिषद,                          

                 भद्रपुऱ, झापा