काठमाण्डौ  ।  नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तस्रो अवतार चन्द्रघण्टाको पूजा एवं आराधना गरी मनाईदै छ । देवी चन्द्रघण्टाको पूजा उपासनाबाट भगवतीको कृपा प्राप्त भएमा साधकको कष्ट निवारण हुने, साधक सिंह जस्तै पराक्रमी तथा निर्भय हुने, तथा घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा हुने पौराणिक मान्यता छ ।


निधारमा अर्धचन्द्राकार चन्द्र, सुन जस्तै चम्किलो शरीर, दश हात भएकी, युद्धको लागि सदैव तयार रहने, सौम्य तथा शान्तिदायक देवीको स्वरुपलाई चन्द्रघन्टा भनिन्छ । चन्द्रघण्टाको अर्थ चन्द्र र घण्टा मिलेर बनेको छ । मस्तकमा घण्टीको जस्तै आकारको अर्धचन्द्र भएको कारणले नवदुर्गाको तेश्रो अवतारलाई चन्द्रघण्टा भनिएको हो ।

OM Sai Pathibhara Hospital