काठमाडौँ । पेट्रोल, मट्टीतेल र डिजलको मूल्यमा वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । निगमले डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४ र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।

OM Sai Pathibhara Hospital

अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र(पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।FB_IMG_1692146352069