बिर्तामोड । झापाको सुरुङ्गाबाट साप्ताहिक रुपमा प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिक नबौ बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुदै आइरहेको कनकाई साप्ताहिक पत्रीका यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । 

पत्रिका नबौ बर्षमा प्रवेश गरेसगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठकसामु अझ नौला र समाचारहरु पस्कने प्रतिवद्धता ब्यक्त गरेका छन ।

OM Sai Pathibhara Hospital

पत्रिका र अनलाईन नबौ बर्ष प्रवेशको अवशरमा सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यावाद दिएका छन। आगामी दिनमा पत्रिकालाई थप परिस्कृत बनाउदै लैजाने झापालीले प्रतिवद्धता जनाएका छन ।