काठमाडौं । सशस्त्र प्रहरी बलका ११८ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले साधारण उपसमूहतर्फका ११८ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बढुवा हुनेमा शंकर नाथ, महेश प्रसाद भट्ट, अग्नीराज सिंह, राम वहादुर बोहरा लगायतका हवल्दारहरु रहेका छन् ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी हवल्दारहरुले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।