काठमाडौँ    ।     नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको उजुरी परेको छ ।  नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा ठगी गरेको भन्दै थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।  काठमाडौँमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा अमेरिका लैजाने बहानामा ठगी गरेको भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् । 

उजुरीमा करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको दाबी गरिएको छ भने ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी परेको छ । उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

यो प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत अहिले पुर्पक्षमा रहेका छन् । उनीहरुले यसअघि नै दजैनौँ पीडितको उजुरीको आधारमा पक्राउ परेका थिए ।