काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वमुख्यसचिव लिलामणि पौडेलसँग ललिता निवास प्रकरणबारे बयान लिएको छ । सो प्रकरणमा पौडेलको पनि नाम जोडिएपछि सीआईबीले आइतबार उनीसँग बयान लिएको हो ।

२०६९ सालमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीको नाममा रहेको ललितानिवासको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा सार्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यो स्वीकृतिपछि मन्त्रिपरिषद्को बैठकको निर्णय मुख्यसचिव पौड्यालले प्रमाणीकरण गरेका थिए । त्यही विषयमा सीआईबीले पौड्यालसँग सोधपुछ गरेको हो ।

OM Sai Pathibhara Hospital

यस प्रकरणमा हाइ प्रोफाइलहरुमाथि छानबिन भइरहेको छ भने सर्वोच्च अदालतले तत्कालीन पूर्वप्रधानमन्त्रीहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिइसकेको छ ।