काठमाडौं     ।    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त नकवजनी चोरी मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ। कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी नाम परिवर्तन गरी नकवजनी चोरी गरेको मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ । 

काठमाडौं महानगरपालिका-१४ बल्खु बोक्सीदह डाँडामा मकवानपुर मनहरा गाउँपालिका-३ बस्ने ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा नारायणीको हत्यामा उनीसँगै ज्यामी काम गर्ने शिवराम अधिकारी संलग्न भएको खुल्न आएको तथा घटना पश्चात फरार रहेका अधिकारी र केन्द्रीय कारागार सुन्धारामा रहेका अर्जुन अधिकारी एउटै व्यक्ति रहेको पुष्टि हुन आएको हो ।

OM Sai Pathibhara Hospital

अधिकारी २०७९ कात्तिक ६ गते थानकोटमा चोरी गर्दागर्दै पक्राउ परी नकवजनी चोरी मुद्दामा २०७९ कात्तिक २९ गते ३ वर्ष कैद सजाय ठहर भई अर्जुन अधिकारी नाममा उक्त कारागारमा रहेको खुल्न आएको छ ।  

उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।