काठमाण्डौ   ।   नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली भएको पुष्टि भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादव सक्कली चिकित्सक भएको पुष्टि भएको छ।

नाम जुधेको कारण सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको बताइएको छ।ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो ।