काठमाडौं । जनमतपार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयमा आज विहान राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्री शाहलाई शपथ ग्रहण गराएका हुन् ।

साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । सरकार छाडेको चार महिना पछि जनमत पार्टी पुन: सरकारमा गएको हो ।

OM Sai Pathibhara Hospital

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादी केन्द्रले हिजोमात्र मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।