काठमाण्डौ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी आलोचनाले घेरिएका छन् । उनको भ्रष्टाचार विरोधी अभियानप्रति आशंका गर्ने प्रशस्तै आधार रहेको आरोप लगाउँदै उनको आलोचना चर्केको छ ।

विशेषगरि, इलेक्ट्रिक सिगरेट भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिँदासमेत उनलाई छानबिन नगरेपछि प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आलोचनाले घेरिएका हुन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समेत सरकारको नियतमाथि नै प्रश्न उठाएका छन् ।073DB9A9-8A7D-4E5A-BA19-30206934349B

OM Sai Pathibhara Hospital

चिनियाँ तस्करसँग माओवादीका ठालुहरूको सय पटक भन्दा बढी फोन कल हुने र सीआइबीले यो कुरा आफ्नो प्रतिवेदनमा राख्दा पनि सरकार उनीहरूसँग बयान लिन समेत नसक्ने हो भने प्रधानमन्त्री प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित हुँदैछ भन्दै उनले समाजिक सञ्जाल फेसबुकमार्फत आलोचना गरेका हुन् ।