बिर्तामोड ।  झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भासिएको छ । आइतबार बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको दक्षिणी पालिका माई जोड्ने सडक अवरुद्ध भएको छ ।

पुल भासिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ। पुल भासिनुअघि दुवैतर्फ आवागमन ठप्प पारिएको थियो । बिरिङ खोलामा पानीको बहावलाई परिवर्तन गरी जाली भर्ने काम भए पनि तीव्र कटानका कारण पुल भासिएको हो ।

OM Sai Pathibhara Hospital

बाढीका कारण पुल भासिए पनि दुई वैकल्पिक मार्ग भने रहेका छन् । २०६५ सालमा भारत सरकारको दुई करोड सहयोगमा पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै इलाम आवतजावत गर्ने वैकल्पिक बाटोको रुपमा सहज बनेको थियो।