काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय २१ दिनभित्र खाली गर्ने सहमति भएको छ । राप्रपा र काठमाडौं महानगरपालिकाबीच २१ दिनभित्र धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय रहेको घर खाली गर्ने सहमति भएको हो ।

काठमाडौं महानगरले गत शुक्रबार ३ दिनको समय दिएर राप्रपा कार्यालय खाली गर्न भनेको थियो । सोमबार उक्त भवनमा डोजर लगाउने महानगरको तयारी थियो । राप्रपाका नेता तथा कार्यकर्ताले कार्यालय भत्काउन नपाइने भन्दै सडकमा गाडी तेर्साएर विरोधसमेत गरेका थिए ।

OM Sai Pathibhara Hospital

त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपा र महानगरसँग यस विषयमा छलफल गरेको थियो । छलफलका क्रममा २१ दिनभित्र उक्त भवन राप्रपाले खाली गर्ने सहमति जुटेको हो । राप्रपा कार्यालय रहेको घरको नक्सापास छैन। बिजुलीको हाइटेन्सन लाइनमुनि उक्त घर बनेकोले जोखिम हुने भन्दै महानगरले हटाउन लागेको हो ।