काठमाडौँ / नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय समिति बैठक सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको हो ।

बैठकमा एउटा र  बाहिर अर्कै प्रचार हुन थालेपछि त्यसलाई रोक्न केन्द्रीय कमिटी बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ गर्ने निर्णय भएको महासचिव देव गुरुङले जानकारी दिए । यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।