काठमाडौं / प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश सिफारिस गर्ने विषय र संसद्को अवरोध हटाउने लगायत विषयमा प्रचण्ड र ओलीबीच  छलफल भएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

“पहिले नै प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्नुपर्ने थियो, छलफल भएको थिएन । आज त्यस विषयमा छलफल गर्न अध्यक्ष बालुवाटार जानुभएको हो,” ओलीको सचिवालयले जनाएको छ ।