काठमाडौँ / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेको छ । बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई बिहीबार पदमुक्त गरेको हो ।

सभामुख बाबुराम गौतम समेतको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए । सभामुख गौतम सहितको समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । सर्वोच्चले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने उल्लेख गरेको छ ।

OM Sai Pathibhara Hospital

यसविरुद्ध नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्वोच्चको यो आदेशसँगै कोशी प्रदेशमा असार २१ गते कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकार ढलेको छ।