काठमाडौँ / अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेका छन् । नेपाल त्रिदेशीय भ्रमणका लागी आइतबार राति करिब १२ बजे  इन्डोनेसिया प्रस्थान गरेका हुन् । 

कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ- आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । 

OM Sai Pathibhara Hospital

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । यसैबीच उपाध्यक्ष राजेन्द्र पाण्डेले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।