काठमाडौँ / नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा आज पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा जाँदै छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा जान लागेका हुन् ।

माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

OM Sai Pathibhara Hospital

भाजपाले संसारभरका पार्टीहरूसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन् ।