वडा सभापति रामप्रसाद पौडेलको सभापतित्व र नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि जिल्ला सदस्य एवं प्रतिनिधि सुरेश बंशल, घनश्याम चौधरी, युवराज दाहाल, महाधिवेशन प्रतिनिधि भुमादेवी घिमिरे, मञ्जु ओली, गंगा शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेस झापाका सदस्य देवीप्रसाद घिमिरे, उद्योग वाणिज्य संघ बिर्तामोडका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, प्रदेश अधिवेशन प्रतिनिधि जयकुमार दाहाल, यादवकुमार ओली लगायतका १५० बढी वडा सदस्यहरूको सहभागिता रहेको थियो । नवीन सिटौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव चन्द्र खरेलले गरेका थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.