काठमाडौँ / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले स्वतन्त्र सासंद डा. अमरेश कुमार सिंह विरुद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् । जिल्ला अदालतमा दर्ता मुद्दाको सुनुवाइ पेशी असार २४ गते तोकिएको छ । पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’ को संज्ञा दिँदै आएका थिए । देशका ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता रहेको आरोपसहित अमरेशले सञ्चार माध्यममा अन्तरवार्ता दिँदै हिँडेका थिए ।

अमरेशविरुद्धको रिट निवेदनमा उनले सञ्चार माध्यममा दिएका अभिव्यक्तिलाई समेत समावेश गरिएको छ । रिटसँगै प्रमाणको रूपमा अडियो, भिडियोसमेत आरजुले पेश गरेकी  छन् । आरजुले दर्ता गरेको रिटलाई लामो समयसम्म गोप्य राख्न कोसिस गरिएको थियो । गत जेठ २६ गते देउवाले सिंहलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडौंमा गालीबेइज्जती मुद्दा दर्ता गरेको आरजु निकट स्रोतले  जानकारी दियो । स्रोतका अनुसार रिट निवेदनमा अमरेशलाई हदैसम्मको कारवाही गर्न माग गरेकी छिन् ।

OM Sai Pathibhara Hospital