विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुखको समर्थन नलिई प्रदेशसभा सदस्यका रुपमा बाबुराम गौतमको समर्थन लिएको दावी गरेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले सभामुखको हस्ताक्षरलाई मान्यता नदिन पहिले नै प्रदेश प्रमुखलाई ध्यानाकषर्ण पत्र बुझाएपनि प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्रीले बहुमतको दावी गर्ने क्रममा सभामुख गौतमको पनि हस्ताक्षर साथमा लिएका थिए । तर हस्ताक्षरमा प्रदेश सभा सदस्यको रुपमा हस्ताक्षर गरिएको थियो ।

OM Sai Pathibhara Hospital

उनलाइृ कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको साथ थियो । मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको दाबी गरेका छन् । ‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, नवनियुक्त मुख्यमन्त्री थापाले भने, ‘हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’

सभामुख निर्वाचित भएसँगै गौतमले दलको सदस्यता त्यागेको भन्दै थापाले आफूहरुले पनि तटस्थ सदस्यका रुपमा गौतमको समर्थन लिएको दाबी गरेका छन् । उनले प्रदेशको संरचनाभित्र रहेर सरकार विस्तार लगायतको काम गर्ने र संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।FB_IMG_1688694619467