काठमाडौँ / नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । बैठकमा ८९ प्रदेश सभा सदस्य मात्र उपस्थित थिए ।

कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । कार्कीको विपक्षमा ४३ मत खसेको छ । अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।