काठमाडौँ / नेकपा एमाले नेता योगेश भट्टराईलाई पहिचान पक्षधरले कालो झण्डा देखाएका छन् । ७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन् सदरमुकाम इलाम बजार पुगेका भट्टराईलाई आन्दोलनरत पहिचान पक्षधरले कालो झण्डा देखाइएको हो ।

प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै पहिचान पक्षधर प्रदेश नाम संशोधनको माग गर्दै आन्दोलनरत छन् । ऐतिहासिक पृष्ठभूमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीले एमाले नेता योगेश भट्टराईलाई कालो झण्डा देखाएको संघर्ष समितिले जनाएको छ ।