काठमाडौँ / पूर्व बैङ्कर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पार्टीको बनस्थलीस्थित नयाँ कार्यालयमा आयोजित कार्यक्रममा उनी रास्वपा प्रवेश गरेका हुन् ।

शाहलाई पार्टी प्रवेशलगत्तै प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा शाहलाई पार्टी सभापति रवि लामिछानेले रास्वपाको लोगो लगाइदिएका छन् ।