काठमाडौं / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मा जान तयार भएका छन् । आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुन्

“म पार्टी एकताका लागि तयार छु । मलाई तपाईं पछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो मागबारे भने, “अरु साथीहरूको सम्मानजनक व्यवस्था हुनुपर्छ ।”