बिर्तामोड / नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।

गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि हिजो जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो ।  त्यस्तै कमिटीको उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् ।

OM Sai Pathibhara Hospital

सचिवमा बालचन्द्र कार्की , सह- सचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् ।