काठमाडौँ । माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। विराटनगरमा मंगलबार बसेको पार्टीका प्रदेश पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

बैठकले कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई मंगलबार राजीनामा दिन निर्देशन दिँदै फिर्ता बोलाइएको छ।

कोशी प्रदेश सरकारमा माओवादीबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन्।FB_IMG_1686062458590

FB_IMG_1686062465609