काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गरेका छन् । प्रतिनिधि सभा बैठक सुरू हुनासाथ दलहरूले उठेर संसद अवरोध गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले बैठक अवरोध गरेका हुन् ।

OM Sai Pathibhara Hospital

एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए ।सभामुखको पटक पटकको आग्रहपछि पनि अवरोध नखुलेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ