काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँ दिल्लीमा नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

OM Sai Pathibhara Hospital

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनले आग्रह गरे ।

यस्तै प्रधानमन्त्री दाहालले दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ ।

नेपाल र भारतबीच भौगोलिक र सांस्कृतिक सामीप्यले सदियौँ देखि जनस्तरमा रहेको हाम्रो सम्बन्ध सधैँ मित्रवत् र घनिष्ठ रहँदै आएको छ ।

समय समयमा हुने उच्चस्तरीय आदानप्रदानले समय सापेक्ष रूपमा थप सुदृढ र मजबुत बनाउँछ ।’