काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारको भेटवार्ता भएको छ ।

आजै ४ दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डसँग उनी बसेको होटल मौर्यमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले सामुहिक भेट गरेका हुन् ।

OM Sai Pathibhara Hospital

भेटमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव समेत रहेकी छोरी गगा दाहाल पनि सहभागी थिइन् ।

उनी यो भेटवार्ता पछि नेपाली दूतावासले प्रधानमन्त्री प्रचण्डको स्वागतमा आयोजना गरेको रात्री भोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।