काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारत पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेका छन् ।


लामिछाने पत्नी निकिता पौडेलसँगै भारत भ्रमणमा निस्केका हुन् । उनको भ्रमण के विषयमा केन्द्रीत रहेर भएको भन्ने बारेमा भने केही खुलाइएको छैन ।

OM Sai Pathibhara Hospital

तर उनी भारत गएको रास्वपाका प्रवक्ता डा मुकुल ढकालले पुष्टि गरेका छन् । ढकालले सभापति लामिछाने व्यक्तिगत कामले भारत गएको जानकारी मिलेको बताए।

भ्रमणका बारेमा खास नबताइएपनि उनको भ्रम्णलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

स्रोतका अनुसार रविले रास्वपाका नेताहरू रहेको मेसेन्जर ग्रुपमा मुम्बई गएको जानकारी दिएका छन्। उनी जहाजबाट गएका हुन्।

रविले यो भ्रमणलाई व्यक्तिगत भनेका छन्। आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएका छन्।

यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए।