काठमाडौं । सरकारले रासायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो ।

आर्थिक वर्ष २०७/र७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।