काठमाडौं ।काेशी प्रदेश नाम खारेजीकाे माग गर्दै विराटनगरस्थित पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र ताेडेपछि  प्रदर्शनकारी र प्रहरीबीच झडप भएकाे हाे

झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ ।

OM Sai Pathibhara Hospital

आइतबारदेखि कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु भएसँगै आन्दोलन पनि चर्केको छ ।

आइतबार मात्रै प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै ३० जना पहिचानवादी नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको छ। विराटनगरको स्थिति तनावग्रस्त छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको छ । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइतेसमेत भएका छन् ।