काठमाडौं । एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज फेरि सुरु हुन नसकेरै शनिबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।

OM Sai Pathibhara Hospital

तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।

शुक्रबार दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि शनिबार ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।