काठमाडौं । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।Screenshot_2023-05-26-10-12-29-27_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफनो धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।