काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोनमेन्टमा घोटाला भएको भन्ने आरोपका लागि आरोप मात्रै भएको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै रूजु भइसकेको विषयलाई राजनीतिक पूर्वाग्रहहको रूपमा उठाउने गरिएको भन्दै आश्चार्यमा परेको बताएका छन ।

OM Sai Pathibhara Hospital

क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकमको अडिट रेकर्ड रहेको उनले जानकारी दिए ।

क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही रहेको भन्दै उनले छानबिन गरेर दोषी ठहरिए आफू जेल जान तयार रहेको बताए ।

क्यान्टोनमेन्टमा लडाकुलाई राखेपछि क्यान्टोन्मेटको भौतिक पूर्वाधार र रासनका लागि राज्यकोषबाट दिइएको रकम अडिट रेकर्ड रहेको छ। 

गिरिजा प्र रामशरण महत अर्थमन्त्री थिए । उहाँहरुले समेत रुजु गरेपछि पटाक्षेत्र भइरहेको छ । राजनीतिक पूर्वाग्रहका रूपमा उठाउने गरेको देख्दा आश्चार्यमा पर्ने गरेको छु ।

प्रचण्डले भने क्यान्टोनमेन्टको विषय कपोकल्पीत र पूर्वाग्रही छ । छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।