काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा अब ३३ प्रतिशत स्थान युवालाई दिइने बताएका छन् । अनेरास्ववियुको आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताएका हुन् ।

पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो। अब समाज बदल्ने युवाले हो  नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छौँ भन्ने सन्देश युवाले दिनुपर्दछ ।

OM Sai Pathibhara Hospital

अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उनको भनाइ छ । उनले अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता नगर्नसमेत महासचिव पोखरेलले आग्रह गरेका छन् । महासचिव पोखरेलले सहरिया मध्यम वर्गलाई पार्टीले सामजिक एजेण्डाबाट जोड्न नसकेको बताएका छन्