काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शनिबार बिहान बस्दै छ । बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बिहान ८ बजे बस्न लागेको हो ।

यसअघि हिजो शुक्रबार दिउँसो ३ बजे बैठक बस्ने तयारी थियो । केन्द्रीय कमिटीको बैठक जारी रहेकोले समय अभावको कारण बैठक शनिबारका लागि सारिएको हो ।

OM Sai Pathibhara Hospital

आजको बैठकले पार्टीको वार्षिक कार्ययोजना तयार गर्ने बताइएको छ । उक्त कार्ययोजना केन्द्रीय कमिटीको जारी पाँचौँ बैठकले पारित गर्ने एमालेले जनाएको छ । गत बिहीबारबाट सुरु भएको एमालेको पाँचौँ केन्द्रीय कमिटी बैठक आज शनिबार समापन हुदैँछ ।