काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ।

श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।

OM Sai Pathibhara Hospital

पार्टीका सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए।

पार्टी हित विपरीत काम गरेको रास्वपाको निष्कर्ष सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित भएका छन।

कारबाही गरिएको पत्र संसद सचिवालयलाई पठाउने तयारी गरेको छ।श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।