काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकारलाई कसैले रोक्न नसक्ने बताएका छन्।

चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाएर पनि केही फरक नपर्ने दाबी गरे ।

छ महिनामा २० सिट जितेको भन्दै उनले भने, ‘५ वर्षमा दुई तिहाइ हुनसक्छ ।’

चुनावी घरदैलोका क्रममा उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा जित्ने दाबी गरे ।