काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी वैशाख १० गते हुने उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको आइतबार बालुवाटारमा बसेको बैठकमा तनहुँ १ मा दाबी गरे पनि सत्तारुढ अर्को कांग्रेस नमानेपछि माओवादी मतदाता मात्रै बन्ने भएको हो।

OM Sai Pathibhara Hospital

माओवादीले तनहुँ १ मा उमेद्द्वार उठाउन जोड दिए पनि कांग्रेस नमानेका कारण गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको छ। तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेललाई निर्वाचित गर्न माओवादी केन्द्रको निर्णायक मत भएकोले त्यसको गुण कांग्रेसले तिरोस् भन्ने प्रस्ताव माओबादिले राखेपनी  कांग्रेसले नमाने पछि  माओबादिले गठबन्धनलाइ नै सघाउने भएको छ । वैशाख १० मा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।