काठमाण्डौ  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन् ।

रास्वपाका केन्द्रिय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन-२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु-२ हुने मनोयन दर्ताका लागि पुग्नेछन् । 

OM Sai Pathibhara Hospital

उनका अनुसार आज बिहान ९ बजे भरतपुर महानगर-११ विशाल चोक राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यालयमा भेला हुने र त्यहाँबाट ९ः३० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १० बजे मनोनयन दर्ता गर्ने समय तालिका रहेको छ ।

त्यसपछि २ बजे सभापति तनहुको दमौलिमा पुगेर स्वर्णिम वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रममा सहभागी हुने तालिका रहेको छ। बारा- २ मा रमेश खरेलको उम्मेदवारी मनोनयन दर्ता गर्नका लागि भने पार्टी उपसभापति डिपि अर्याल बारा जानेछन् ।