काठमाडौं  ।   सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई/दुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक/एक मन्त्रालय पाएका छन् । 

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।  प्रभु शाहलाई पनि सरकारमा सहभागी गराउने तयारी भएको छ ।

जसपाका नेता राजेन्द्र श्रेष्ठ, आज (बिहीबार) साँझसम्म मन्त्रिपरिषद बिस्तार गर्ने सहमति भएको बताउँछन् । ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ’, श्रेष्ठले भने ।