झापा- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने तयारी गर्न कार्यदल गठन गरेकाे छ । मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकार लगायतका विभिन्न विषयमा छलफल गरिएको जानकारी दिनुभयो ।

सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको उहाँले बताउनुभयाे । कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयकाे बारेमा छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने र केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँट लगायतका बारेमा गृहकार्य गर्ने उहाँले बताउनभयाे ।

OM Sai Pathibhara Hospital

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद रहेका छन् । एकीकृत समाजवादीले साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो ।