झापा ।  मेची बहुमुखी क्याम्पस भद्रपुरको २० औं स्ववियु अध्यक्षमा सन्देश धमला (पवन) निर्वाचित भएका छन् ।

मेची बहुमुखी क्याम्पस झापा जिल्लाकै सबैभन्दा ठूलो क्याम्पस हो। अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका पवनले १३० मतान्तरले बिजय हात पारेका हुन।

OM Sai Pathibhara Hospital


निर्वाचित धमलाले ९६० मत प्राप्त गरेका छन् भने उनको निकट प्रतिस्पर्धी किशोर ढुङ्गानाले ८३० मत प्राप्त गरेका छन् ।

सचिवमा अनेरास्ववियुका बिदन राईले १०२३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भिष्म घिमिरेले ९३३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा नेविसंघकी निलम कार्कीले ११५८ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धीले ७२७ मत प्राप्त गरेका छन् ।

यसैगरी सदस्यहरुमा अनेरास्ववियुका उदेश्य भण्डारीले १०७७, अनुषा भण्डारीले ९३६, नेविसंघका विवेक ढकालले ९६५, सौरभ ओस्तीले ९७५, विवेक तामाङ १००४, वर्षा एक्तेन ९४३ र प्रतिक शाह रौनियार १००१ मत प्राप्त गरेर विजयी बनेका छन् ।