काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आउँन थालेको छ ।

विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।

OM Sai Pathibhara Hospital

बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ ।

आइतबार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् ।

त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियु (एमाले)

१. जिरी क्याम्पस दोलखा - ज्योती खड्का

२. सिद्धार्थ क्याम्पस स्याङजा - सञ्जोग थापा

३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी - शम्भुराज गिरी

४. साकेला क्याम्पस खोटाङ - यामकुमार खड्का

५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक - पवन लामिछाने

६. जनसेवा क्याम्पस बर्दिया - लक्ष्मी न्यौपाने

७. खप्तड बहुमुखी क्याम्पस डोटी - श्याम विक

८. कृष्ण स्नातक क्याम्पस दार्चुला - हेमन्ती जोशी

९. नवप्रभात क्याम्पस बैतडी - रेखा घटाल

१०. थलारा वहुमुखी क्याम्पस बझाङ - महेश जेठारा

११. मंगला शिक्षा क्याम्पस म्याग्दी - भिममाया रोका मगर

१२. हजारी जनक क्याम्पस धनुषा - सुवास झा

१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत - घनश्याम रेग्मी

१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर - दिलेन्द्र बडु

१५. ज्ञानोदय वहुमुखी क्याम्पस बाँके - विनय यादव

१६. अमरदीप क्याम्पस सुर्खेत - अनुपम ढकाल

१७. शिखर क्याम्पस रामघाट सुर्खेत - सिर्जना रसाइली

१८. रमाइलो क्याम्पस मोरङ - मालती रेग्मी

१९. माडी बहुमुखी क्याम्पस चितवन - राकेश चौधरी

२०. गौरादह कृषि क्याम्पस झापा - विक्रम तिवारी

अखिल क्रान्तिकारी (माओवादी)

१. रामपुर क्याम्पस कन्चनपुर - सरस्वती तिरुवा

२. चन्द्रोदय क्याम्पस धादिङ - सजित सुवेदी

३. जयबागेश्वरी क्याम्पस धादिङ - नवराज त्रिपाठी

४. प्रताप स्मृति क्याम्पस दोलखा - रुपेश अर्याल

५. मोहन्याल क्याम्पस कैलाली - अर्जुन खत्री

६. मच्छिन्द्र क्याम्प्स धादिङ - अनिल उप्रेती

७. सेटिगाउँ क्याम्पस वैतडी - मोहन वोहोरा

नेविसंघ (कांग्रेस)

१. जनता क्याम्पस रुपन्देही - लिलाधर घिमिरे

२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत - सतिश रेग्मी

३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा - सरोज थापा

अनेरास्ववियू (नेकपा एस)

१. वंशगोपाल क्याम्पस मकवानपुर - दिवस सिलवाल

२. मनहरी वहुमुखी क्याम्पस मकवानपुर - कुमार घिसिङ

३. तेज निरला क्याम्पस मुस्ताङ - अमिशा तिलिजा

अखिल क्रान्तिकारी (विप्लव)

१. जनता क्याम्पस मकवानपुर - मुना गोली