कोशी । कोशी प्रदेशको नामकरणलाई लिएर विराटनगर तनावग्रस्त बनेको छ । भूगोलका आधारमा प्रदेशको नाम राखेर पहिचान नामेट गरिएको भन्दै प्रदर्शनकारीहरु आज सडकमा उत्रिएका छन् ।FB_IMG_1679225044049

प्रदर्शनकारीहरुले प्रदेशको नाम सच्याइनुपर्ने माग राख्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेका छन । प्रहरीले प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरिएको छ भने पक्राउसँगै भीड नियन्त्रण गर्न असमर्थ भएको प्रहरीले एक दर्जन अश्रुग्यास र ३ राउन्ड हवाई फायर गरेको छ ।FB_IMG_1679225046693

OM Sai Pathibhara Hospital

प्रदेशसभाले फागुन १७ गते विरोधका बीच बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । बाहिर निषेधाज्ञा नै जारी गरेर प्रदेशको नाम कोशी पारित भएपछि त्यसयता पहिचानवादीहरुले निरन्तर रुपमा आन्दोलन जारी  राखेका छन् । FB_IMG_1679227143128FB_IMG_1679227146458