काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बिहान साढे १० बजे बैठक बस्न लागेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

OM Sai Pathibhara Hospital

बैठकमा राष्ट्रपति र उपराष्ट्रपति चुनावकाे समीक्षा, सरकारलाई दिने विश्वासकाे मत, सरकारमा सहभागिता लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएकाे छ ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०७९ बारे पनि औपचारिक निर्णय हुनेछ ।

शनिबार बसेकाे १० दलय गठबन्धनकाे बैठकले टीआरसी विधेयक सदनमा पेस गर्नका लागि एकमत भएर उभिने निर्णय गरेकाे थियाे ।

शनिबार नै सभामुखसँग भएकाे छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले टीआरसी विधेयक राष्ट्रिय विषय भएकाे बताउनुभएकाे छ ।

एमालेले भने टीआरसी विधेयक छलफलबिनै अगाडि बढाउन नमिल्ने बताएकाे छ । टीआरसी सम्बन्धी संशाेधन विधेयकप्रति राप्रपाले पनि फरक मत राख्ने निर्णय गरिसकेकाे छ ।

साेमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिँदै छन ।